चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ पुर्व पश्चिम राजमार्गमा डिभाईडर राखिएको छ ।
चन्द्रपुरको मुख्य चोकमा दुर्घटनाको अत्यन्तै जोखिम रहेको हुदा“ दुर्घटना न्युनिकरणका लागि डिभाईडर राखिएको हो । पछिल्लो समय चन्द्रनिगाहपुर चोक धेरैनै व्यस्थ भएको कारण दुर्घटनाको जोखिम बढेकोले सवारी साधन चलाउदा सावधानी अपनाउनुपर्ने जिल्ला ट्राफिक प्रमुख ज्ञान बहादुर माझीले बताएका छन् ।


