रौतहटमा नक्कली नेपाली नोटको कारोबार,२ जना पक्राउ

गौर । जिल्लाको परोहा नगरपालिका ८ नरकटियाबाट नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी थाना घोडासहन ग्राम श्रीपुर पंचायत कबैया बस्ने २६ वर्षीय विकाश जयसवाल र ३२ वर्षीय अजय प्रसाद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदैँ गरेको दुवै जनालाई शंकास्पद अवस्थामा चेक गर्दा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बुधबार दिउँसो १२:४५ बजेतिर ६९ हजार ५ सय नेपाली नोटसहित हिरासतमा लिएको थियो ।

जिल्ला अदालतबाट म्याद थप अनुमती लिई पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles