रौतहटमा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न

चन्द्रनिगाहपुर–रौतहटमा एक सिरियलको छयाङ्कन सम्पन्न गरिएको छ ।
शनिबार जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित मैरामा र चोचामा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न गरिएको हो ।
गौतम बुद्ध नेपालमा जन्मिएपनि उनको जिवन संग आधारित आजसम्म कुनै प्रकारको चलचित्र,डकुमेन्ट्री वा सिरीयल निमार्ण नभएको भएर आफ्नो टिमले सिरीयल निमार्ण गरेको सो सिरियलका लेखक तथा निर्देशक आर्यन नकमिले जानकारी दिएका छन् ।
गत आईतबार रौतहट आएका सिरियल टोलिले आज शनिबार छयाङ्कन सम्पन्न गरेर काठमाण्डौ फर्केको जानाकरी दिएका छन् ।


बुद्धकालिन अबस्थामा गौतम बुद्धले आफ्नो उपदेशले ल्याएको परिवर्तनहरुलाई सिरीयलको १३ वटा भागमा समेटिएकोनिर्देशक नकमीले जन सरोकार दैनिकलाई जानकारी गराएका छन् । उनले सो सिरीयल ६ वटा भाषामा डभिङ गरिने समेत जानकारी दिएका छन् ।
सो सिरियलमा नेपाली तथा नेवारी कलाकारहरु मानकृष्ण,अस्तमाया,सपना,प्रकाश श्रेष्ठ,सुरज व्यञ्जनकार,राजी महर्जन,सहना श्रेष्ठ,कैलास बजगाई,सबिना गोपाली लगायतको अभिनय रहेको छ ।
सिरियलको निर्माता नाईस टेलिभिजन रहेको छ भने क्यामरा तथा सम्पादन सोहन मानन्धरले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles