बृन्दावनमा मदिरा उत्पाद बढ्यो

बृन्दावन–रौतहटको बृन्दावन नगरपालिका वडा नं–१ स्थित बलरीको भोटेटोलमा खुल्याम रुपमा मदिरा उत्पादन गरेर जिल्लाको विभिन्न स्थानमा ओसार पसार हुने गरेको स्थानियले बताएका छन् ।
बृन्दावनको भोटेटोलमा खुल्याम रुपमा मदिरा बनेपनी ईलाका प्रहरी कार्यालय गरुडा वा बिश्रामपुर प्रहरी चौकीले रोक्ने प्रयास समेत नगरेको स्थानियले गुनासो गरेका छन् । उनिहरुले कच्चा पदार्थबाट मदिरा उत्पादन गरेर जिल्लाको विभिन्न स्थानमा ओसार पसार गर्ने गरेको स्थानियले बताएका छन ।

बलरीको भोटेटोलको मदिरा सेवन गर्न जिल्लाको विभिन्न स्थानबाट मदिरा सेवन कर्ताहरु आउनेगरेको स्थानीयको भनाई रहेको छ । स्थानीयले सो गाउ“मा बनिरहेको मदिरा तत्काल रोक्नु पर्ने बताएका छन् । मदिरा बनाउन रोक्ने विषयमा सञ्चारकर्मीले बिश्रामपुर प्रहरी चौकी स“ग बुझदा प्रहरीले पटक–पटक मदिरा उत्पादन बन्द गर्न भने पनि भोटे वस्तीले नटेरेको बताएका छन् । यता मदिरा उत्पादनले स्थानियवासिन्दा आतंकीत बनेका छन । मदिरा उत्पादन न रोक्नुको मुख्य कारण गाउ“कै केही पदाधिकारी व्यक्तिहरुको मिलोमतो रहेका कारण मदिरा उत्पादन नरोकेको स्थानियको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles