संकल्प साकोसले मनायो १४ औं स्थापना दिवस,८४ जना सम्मानित

चन्द्रपुर । चन्द्रपुर नगरपालिकास्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले आज १४ औ स्थापना दिबस मनाएको छ । संकल्प साकोसको स्थापना दिबसको सन्दर्भमा ७५ बर्ष उमेर भन्दा माथिका आफना ८४ जना शेयर सदस्य लाई सम्मान गरेको छ । यस्तै खेलकुद र संचारक्षेत्रमा योगदान पुरयाएको भन्दै तराई एक्सप्रेसका प्रकाशक अशोक पहाडी लाई सम्मान गरेको छ भने आफना शेयर सदस्य तर्फ सदस्य समन्व पुरस्कार देबेन्द्र अर्याल, असल कारोबारी शेयर सदस्य कलाबती तिबारी खडका, मधुसुदन तिमल्सिना, लोक बहादुर श्रेष्ठ, नीर्मला कुमारी साह लाई समेत सम्मान गरेको छ । यस्तै रौतहट बचत तथा ऋण सहकारी संघका पुर्ब महासचिब ठाकुर प्रसाद उपाध्याय लाई असल सहकारी अभियन्ताको रुपमा संस्थाले सम्मान गरेको छ । स्थापना दिबसका अबसरमा रौतहट बचत तथा ऋण सहकारी संघका महासचिब देब प्रसाद सापकोटा, चन्द्रपुर नगरपालिका सहकारी  फाँटका नसरे आलम, रौतहट बचत तथा ऋण सहकारी संघका पुर्ब महासचिब ठाकुर प्रसाद उपाध्याय, गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्की, राष्ट्रिय सहकारी बैकका प्रबन्धक रुपा थापा लामिछानेले संकल्प साकोसको स्थापना दिबसको सफलताको शुभकामना दिए । सो कार्यक्रमको संचालन संकल्प साकोसका चिरन्जिबी गौतमले गरे भने स्वागत मन्तब्य संस्थाका सचिब केबी थापाले गरेका थिए । संस्थाका अध्यक्ष बिभु पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाको स्थापना देखि बर्तमान अवस्थाको जानकारी संस्थापक अध्यक्ष गणेश पौडेलले दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles