नेता सापकोटाले गरे विद्यालय भवनको शिलान्यास

चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ स्थित रहेको मेनुका सिमसार प्राथमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । नेकपा एमालेका युवा नेता तथा पुर्व मन्त्री प्रभु साहका स्वकीय सचिव बालकृष्ण सापकोटाले विद्यालय भवनको शिलान्यास गरेको हो ।
तराई मद्येश सम्बृद्ध कार्यक्रम अन्तर्गत २५ लाखको लागतमा ४ कोठाको भवन निर्माण हुन लागेको सापकोटाले बताएका छन ।
सापकोटाले यसै आर्थिक वर्ष भित्र भवनको निर्माण कार्य सम्मपन्न गरिने जनाएका छन् । २०५८ सालमा नेपाली सेनाद्वारा बेपत्ता पारिएका मेनुका सापकोटाको नामबाट २०६५ सालमा स्थापना गरिएको उक्त विद्यालयमा सहिद तथा गरीब बिपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles