१३० घर परिवारलाई खाद्यान्न सहयोग

चन्द्रपुर । रौतहटको चन्द्रपुर ७ मा आज राहत बितरण गरिएको छ । ललितपुर को टेवा संस्थाको सहयोग र महिला सुरक्षा दवाब समुह रौतहटको आयोजनामा हावाहुरी प्रभावित सिमान्तकृत १३० घर परिवारलाई खाद्यान्न सहयोग गरिएको महिला सुरक्षा दवाब समुह रौतहटकी अध्यक्ष देबकी नेपालले जानकारी दिनुभयो । बनबहुअरीमा भएको राहत बितरण कार्यक्रममा चन्द्रपुर ७ का वडाअध्यक्ष बिष्णु प्रसाद उप्रेतीको नेतृत्वमा भएको थियो भने स्थानिय,सुरक्षाकर्मीको उपस्तिथि रहेको थियो । जिल्लाको चन्द्रपुर,गुजरा र बृन्दावन नगरपालिका समेटेर ३ सय घर परिवारलाई राहत बितरण गरिने अध्यक्ष नेपालले जानकारी दिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles