संकल्प साकोसको आयोजना तथा सिभिल हस्पिटल चन्द्रपुर ४ को प्राबिधिक सहयोगमा ७ नम्बर वडामा निशुल्क स्वास्थ्य परिक्षण

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा स्वास्थ्य सिबिर सन्चालन गरिएको गरिएको छ । संकल्प साकोसको आयोजना तथा सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ को प्राबिधिक सहयोगमा ११२ औ नारी दिवसको अबसरमा ७ नम्बर वडामा नयाबस्ती कटानिको जनता आधारभुत बिधालयमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।स्वास्थ्य शिविरको उदघाटन चन्द्रपुर ७ का वडा अध्यक्ष बिष्णु उप्रेतीले गर्नुभएको थियो ।

अतिथिहरुमा चन्द्रपुर नपा का सहकारी फाट्का नसरे आलम,सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ का संचालक राजन साह ,स्वास्थ्य उप चौकी बनबहुवरीका बिजय तिवारी लगायतको उपस्थितीमा भएको कार्यक्रम सन्कल्पका अध्यक्ष बिभु पोखरेलले गर्नु भएको थियो ।कार्यक्रम सन्चालन सस्थाका सचीव कुल बहादुर थापाले गर्नु भएको थियो ।सो अवसरमा सस्थाका संचालक ,कर्मचारी ,नागरिक समाजका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।शिविर बिहान १० बजे देखि अपरान्ह ४ ३० सम्म ३७० जना लाई विभिन्न रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो ।

नयाँबस्तिका बासिन्दाका घरआगनमा पुगेर सेवा दियकोमा संकल्प साकोस सो बस्तीका बासिन्दाले खुलेर प्रसंशा गरेका थिए । प्रत्येक बर्ष सामाजिक उत्तरदाइत्वको महसुस गरेर निरन्तर चेतनामूलक ,तथा सेवामुलक कार्यहरू सन्कल्पले गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles