चन्द्रपुर ८ को वडाध्यक्षमा पौडेलको दाबी

चन्द्रपुर । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको सरगर्मी बढेको छ । बिभिन्न दलका बिभिन्न नेता,कार्यकर्ता चुनावमा उम्मेदबार बन्ने होडबाजीमा लागेका छन । व्यवस्था परिवर्तन संगै युवापुस्ताले समेत राजनीतिमा चासो देखाउन थालेका छन ।

बढ्दो चुनावी सरगर्मी र उम्मेदबारको भिँडमा चन्द्रपुर नगरपालिका ८ बसन्तपुर स्थायी घर भएका नेकपा एकिकृत समाजवादीका वडा नम्बर ८ का अध्यक्ष समेत रहेका दिपक पौडेल पनि वडाध्यक्षको दाबेदार रहेको बताउँछन ।


वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका पौडेलले शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार विकाशमा आफ्नो ध्यान केन्द्रित रहेको बताउँछन । पार्टीको काममा निरन्तर सक्रिय भएको हिसावले समेत पार्टीले मुल्याङकन गरेर आफुलाई टिकट दिने दावी गरेका छन् । अवका दिनमा पार्टीले युवालाई नेतृत्व दिनुपर्नेमा पौडेलको जोड छ ।


बिद्यार्थीकाल देखीनै राजनीतिमा सक्रिय पौडेल एक ईमान्दार नेताका रुपमा प्रस्तुत भएको नेकपा एसका चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहाल बताउँछन् ।

पछिल्लो ५ बर्षमा ८ नम्बर वडामा बिकाशको कामले गति नलिँदा वडाबासीले सास्ती खेप्नु परेको जनगुनासो बढेपछि आफुले केही गरेर देखाउने अठोटका साथ वडाको नेतृत्व लिने सोच जागेको पौडेल बताउँछन् ।

पौडेल तत्कालिन एमालेका वडाध्यक्ष योग बहादुर पौडेलका जेठा छोरा समेत हुन । युवा नेतृत्वले वडाको जम्मेवारी लिनुपर्छ भन्ने वडाबासीको माग बमोजिम आफुले दाबेदारी प्रस्तुत गरेको पौडेल बताउँछन् ।

पार्टी नेतृत्वले टिकट दिनेमा उनि विश्वस्त छन् भने वडाका समस्या पहिल्याउँदै चुनावी तयारीमा समेत जुटिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles