चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा बृहत साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।
शनिबार साहित्य संजाल रौतहटले एक कार्यक्रमको आयोजना गरी बृहत साहित्यिक गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथी एवं बरिष्ठ रचनाकार अशेष मल्लले व्यानर पढेर कार्यक्रमकोे उद्घाटन गरेका हुन् ।
उनले साहित्य बिनाको समाज अधुरो र प्रगति बिहिन दिशा हिन हुन्छ भन्ने कुरालाई प्रस्ट पारेका थिए ।
सो कार्यक्रममा साहित्य संजाल रौतहटका उपाध्यक्ष तेज बिक्रम कार्कीले साहित्यिक क्षेत्रमा रौतहट पनि देशमै चिनिएको बताएका छन् । यहाका साहित्यकारहरु अरु भन्दा कोहि कम छैनन् भन्ने उनको भनाई रहेको छ । समाजको प्रगतिको लागि साहित्य संगित र कला अपरिहार्य सर्त हो । उपाध्यक्ष कार्किले अब साहित्य संजाल रौतहट यस कार्यमा सदाझैं निरन्तर लागि रहने भन्दै प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी,चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अम्बर बहादुर आले,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल,साहित्यिक पत्रकार नरेन्द्रराज शर्मा,कवि एबं कथाकार देविका तिमल्सिना,बसन्त रिजाल,उपन्यासकार पवन आलोक लगायत बिभिन्न कविकार,रचनाकार,गजलकार,उपन्यासकारहरुको सहभागिता रहेको थियो ।


