चन्द्रपुरको मेयरमा युवा नेता धामीको दाबी

चन्द्रपुर । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको सरगर्मी बढेको छ । बिभिन्न दलका बिभिन्न नेता,कार्यकर्ता चुनावमा उम्मेदबार बन्ने होडबाजीमा लागेका छन । व्यवस्था परिवर्तन संगै युवापुस्ताले समेत राज

नीतिमा चासो देखाउन थालेका छन । बढ्दो चुनावी सरगर्मी र उम्मेदबारको भिँडमा चन्द्रपुर नगरपालिकाको मेयरमा युवा नेता राजु धामीले समेत आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । चन्द्रपुर ३ गैंडाटार स्थायी घर भएका धामी नेकपा एमालेका यूवा नेता हुन । चन्द्रपुर नगरपालिकाको समग्र विकाशका लागि आफुले मेयरमा चुनाव लड्ने उनले बताएका छन् ।

शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार विकाश,पर्यटन प्रबद्र्धन गर्दै युवालाई रोजगारीको अवसर सिर्जना गर्दै समुन्नत नगर बनाउने उनको अठोट छ ।


समाजसेवा संगसंगै पार्टीको काममा निरन्तर सक्रिय भएको हिसावले समेत पार्टीले मुल्याङकन गरेर आफुलाई टिकट दिने दावी नेता धामीको छ । अवका दिनमा पार्टीले युवालाई नेतृत्व दिनुपर्ने बताउँदै नेता धामीले एक पटक आफुलाई मेयर पदमा बिजयी गराउन नगरबासीसमक्ष आग्रह समेत गरेका छन् ।


पछिल्लो ५ बर्षमा नगरबासीले सास्ती खेप्नु परेको जनगुनासो बढेपछि आफुले केही गरेर देखाउने अठोटका साथ नगरको नेतृत्व लिने दृढ सोच र योजना बनाएको नेता धामीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles