चन्द्रपुर । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचले यति बेला चन्द्रपुर नगर क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । हाल चोक चौतारा देखी चिया पसल हुँदै नेताका घरदेखि टोलका चोक–चोकमा चुनावी बहस हुने गरेका छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको छन ।
बौद्धिक वर्गमा केन्द्रीय नेतृत्वसंग पहुँच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी भईरहेको देखिन्छ भने युवामाझ समृद्ध नगर र रोजगारीको ग्यारेन्टी गर्ने नगरप्रमुखलाई जिताउने बहस भएको पाईन्छ ।
सबै आआफ्नो रढानीति बनाएर टिकटका लागी काठमाण्डौसम्म पुगिसकेको अवस्थामा चन्द्रपुर नगरमा कांग्रेसका युवा नेता सपुत बहादुर कार्कीले चन्द्रपुरको नगरप्रमुख आफ्नो दाबेदारी पेश गरेका छन् । लामो समयदेखी नेपाल रेडक्रस सोसाईटीमा रहेर समाज सेवामा सक्रिय रहेका कार्की समाजिक संघ संस्थामा समेत सक्रिय रहंदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । कार्की कांग्रेसभित्र कुशल संगठकका रूपमा परिचित छन ।
विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन ।
नगरभित्रका सामाजिक क्षेत्रमा सक्रिय संघ–संस्थामा बसेर जनताका लोकप्रियता बटुलेका कार्की मेयरका बलिया दाबेदार हुन ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रि संघ संस्थामा रहेर काम गरेका कार्कीले टियुबाट स्नातक गरेकाछन् । बिभिन्न सामाजिक काम गरे वापत नेपाल सरकारबाट २०७५ मा जन सेवाबाट सम्मानीत कार्कीले यसपटक आफुलाई पार्टीले विश्वास गरेर टिकट दिने दाबी गर्दै समुन्नत नगर बनाउने आफ्नो सपना रहेको बताउँछन । उनले चन्द्रपुर नगरबासीलाई एक पटक बिशवार गरेर आफुलाई मतदान र्ग समेत आग्रह गरेका छन ।


