रेल्वेका कामदारले कुटे स्थानीय

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ८ का स्थानीय माथि शुक्रबार राती आक्रमण भएको छ । चादी पारीको ४ नम्बर प्याकेजमा उनीहरु माथि लामा गोल्डेनवाल सिरुवा जेभीका मजदुर र कर्मचारीले आक्रमण गरेको स्थानीयको आरोप छ ।  रेल्वेको निर्माण गर्ने निर्माण कम्पनीका मजदुरहरुले चन्द्रपुर नगरपालिका वडानम्बर ८ स्थित मरधरका सरोज राउत, बिनय राउत, किरण तिमल्सिना, स्यान्देन तामाङ्ग, जीबन तिमल्सिना, रबी बोहोरा, शंकर थापा, बिनम महत माथि निर्घात कुटपिट गरेको स्थानीयले जानकारी गराएका छन । स्थानीय सरोज राउत, बिनय राउत, किरण तिमल्सिनाको अबस्था चिन्ताजनक रहेकाले उनीहरुको उपचार काठमाण्डौको न्युरो हस्पिटल र तिलगङ्गा आँखा अस्पतालमा उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles