मेयरमा दाबी भएपछि धामीको चौतर्फी चर्चा

चन्द्रनिगाहपुर– स्थानिय तहको निर्बाचन हुन अब ३५ दिन मात्र बाकि रहेको छ । आ–आफ्नो पार्टिबाट उमेद्वारहरुको मेयर र वडा अध्यक्षको टिकट लिनको लागी डौडधुप पनि तेस्तै छ । चन्द्रपुर नगर क्षेत्रका घरदेखि टोलका चोक–चोकमा चुनावी बहस हुन थालेको छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । यस्तै रौतहटको चन्द्रपुर नगरपालिकामा एमालेका युवा नेता राजु धामीले मेयरको दाबी गरेसंगै उनको चौतर्फी चर्चा भईरहेको छ ।
केही महिना अगाडि रौतहटको चन्द्रपुर ३ गैंडाटारमा नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा तिलेश्वरनाथ बन क्षेत्रमा ७ करोडको योजना ल्याएर नेता धामीले नमुना पर्यटकीय स्थल निमार्ण गराईरेका छन् । सो स्थानमा सुईमिङ पुल,मन्दिर,पिकनिक स्पोटहरु निमार्ण भैरहेको स्थानिय संतोष चौहानले जनकारी दिएका छन् । तेस्तै नेता धामीले गैंडाटारबासीको लागि सहरी स्वास्थ्य केन्द्रको स्थापना,आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना,बजार व्यवस्थापन,बिद्यालय व्यवस्थापन लगायत बाटोको स्तरउन्नती जस्ता उदाहरणीय कार्यहरु गर्दै आएका छन् । चन्द्रपुर नगरपालिकाको समग्र विकाशका लागि राजु धामीनै कुशल नेता हो भन्दै समग्र चन्द्रपरमा उनको बिषयमा चर्चा चल्दै आएको छ । शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार विकाश,पर्यटन प्रबद्र्धन गर्दै युवालाई रोजगारीको अवसर सिर्जना गर्दै समुन्नत नगर बनाउने नेता धामीको आफ्नै अठोट रहेको छ ।
समाजसेवा संगसंगै पार्टीको काममा निरन्तर सक्रिय भएको हिसावले समेत पार्टीले मुल्याङकन गरेर आफुलाई टिकट दिने दावी नेता धामीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles