दाईजो लिने एकजना जेल चलान,४ जना बिरुद्ध पक्राउ पुर्जी जारी


गौर / दाईजो लिएको आरोपमा ३ लाख धरौटी नतिर्दा रौतहट जिल्ला अदालतले जेल चलान गरेको छ । बिबाहमा ३० लाख भारतीय रकम लिएको पछि थप कार मागेको भनी बिबाहमा लेनदेन दाइजो मागेको ६ नम्बर ईजलासका न्यायाधीशले आरोपित चार जना मध्ये रेणु गुप्ताको हकमा ३ लाख धरौटी माग गरेपछि धरौटी तिर्न नसकेकोमा जेल चलान गरिएको हो । गुप्ता दुलाहाको बहीनी नातामा पर्छिन ।


भारत बिहार शिउहर जिल्ला पिपरा थाना बसहिया गाउँ निवासी २४ बर्षिय प्रीयादर्षनी गुप्ता र गरुडा नगरपालिका वार्ड न.५ निवासी जयलाल साहको कान्छो छोरा रोशन कुमार गुप्ताको २०७७ मंसिर १० गते सामाजिक परम्परा अनुसार बिबाह भएको थियो ।
बिबाहमा केटा पक्षले ३० लाख भारतीय रुपैया नगद लिई बिबाह गरेपछि दुलही घर भित्राएको २२ दिन नबित्दै कार माग्न सुरु गरेका थिए । कार चाडो नदिए तिमिलाई घर निकाला गरिदिन्छु भन्दै सासु , ससुरो , श्रीमान र नन्दहरुमिली यातना दिने गरेका थिए ।


प्रहरीको सहयोगमा प्रीयादर्शनिलाई उदार गरिएको थियोे । केही महिना नबित्दै श्रीमान रौशन कुमार गुप्ताले पर्सा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेका थिए । त्यसपछि बिबाहमा लेनदेन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालयले दर्ता गरि अनुसन्धान प्रक्रियाको क्रममा तत्काल प्रीयादर्शनिकी नन्द रेणु गुप्तालाई बिरगंजको नगवा टोलबाट प्रहरीले पक्राउ गरि रौतहट जिल्ला अदालत समक्ष पेश गरेको थियोे ।


बिबाहमा लेनदेन गरेको आरोप लागेको अन्य चार जना आरोपित फरार रहेकोले निजको नाउँमा पक्राउ पुर्जी जारी भएको जिल्ला अदालतका रजिस्ट्रार सुशील कुमार यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles