सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षक चोरीको मोटरसाइकलसहित पक्राउ

सर्लाही । सर्लाहीमा एक जना सशस्त्र प्रहरी निरीक्षकमाथि नै मोटरसाइकलचोरीको आरोप लागेको छ। मोटरसाइकलचोरीको आरोपमा सशस्त्रप्रहरी निरीक्षक अंगद खड्का पक्राउ परेका छन। मलंगवा नगरपालीका वडा नम्बर ६ स्थित खुटौना बेसमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएर स्थानीयले सर्लाही प्रहरीको जिम्मा लगाएका छन।

गत फागुन १२ गते सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ४ शिवसागर चौकमा रहेको नुतन आयल स्टोरबाट प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो । रोबिन नामको एक जना सशस्त्र प्रहरी जवानसहित सशस्त्र प्रनि खड्का नुतन आयल स्टोरमा नै पेट्रोल लिन आएपछि सबारी धनीले आफ्नो मोटरसाइकल चिनेर सशस्त्र प्रहरी निरीक्षक खड्कालाई मोटरसाइकलको विषयमा सोधखोज गरेका थिए ।

सबारी धनी मलंगवा नगरपालिका ९ का राकेश राउत पटेल हुन् । पटेल नुतनआयल स्टोरमाकार्यरत कर्मचारी हुन् । मोटरसाइकल चोरी भएको भोलिपल्ट नै खोजि कार्यको लागि जिल्ला प्रहरी सर्लाहीमा निवेदन समेत दर्ता गराइका छन् ।

यता सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकल सवारी धनीलाई दिनु अथवा सोधि खोजिको सटाबा–२ ब ९७२६ सरकारी नम्बर प्लेट नै राखेर निर्वाध रुपमा चढदै आएका थिए । मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका सप्रनि खड्कालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी श्रोतबाट बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles