आफ्नै भवन बनाउँदै रौतहट कांग्रेस

गौर। आफ्नै भवन बनाउनका लागी नेपाली कांग्रेसले जग्गा खरिद गरेको छ । नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौर ३ मा ५ कठा ९ धुर जग्गा खरिद गरेको नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश कुमार मिश्रले जानकारी दिए ।
लामो समयदेखी अन्यत्रै पार्टी कार्यालय संचालन गरेको रौतहट कांग्रेसले पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक तथा दाताको सहयोगमा २५ लाख प्रति कठाको दरले १ करोड ४७ लाख ५० हजार रुपैंयामा सो जग्गा खरिद गरिएको सचिव  मिश्रले बताए ।
नेपाली कांग्रेस रौतहटका सभापति एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले पार्टी कार्यालय नहुँदा धेरै समस्या आईरहने भएपछि कार्यालय बनाउन आफ्नै नाममा जग्गा खरिद गरिएको बताए ।
आफ्नै भवन नहुँदा कार्यालय सञ्चालनमा हुँदै आएको समस्या अबको केहि महिनामै  अन्त्यहुने बताउँद चाँडै भवन निर्माण कार्य सुरु हुने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles