मुख्यमन्त्री सिंहले पानी वितरणका लागि ८ वटा वारुणयन्त्रसहितकाे टाेली पठाए वीरगञ्ज

चंद्रपुर। मधेस प्रदेश सरकारले खानेपानीकाे संकटले काकाकुल बनेकाे वीरगन्जमा पानीकाे आपूर्ति गर्नका लागि ८ वटा वारुणयन्त्र पठाएको छ।बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारसंग रहेका ८ वटा वारुणयन्त्र जनकपुरबाट वीरगन्जका लागि पठाएका हुन्।

वीरगन्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानमा प्रदेश सरकार पुर्ण रूपमा क्रियाशील रहेकाे भन्दै मुख्यमन्त्री सिंहले प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको निर्णय गरि प्रदेश सरकारसंग रहेका ८ वटा वारुणयन्त्र खानेपानी संकटबाट अति प्रभावित वीरगन्ज क्षेत्रमा खानेपानी आपुर्ति गर्ने गरि पठाइएको जनाए।

मुख्यमन्त्री सिंहले बुधबार बिहान वारुणयन्त्रसहितकाे टाेलीलाई वीरगन्ज पठाउँदै खानेपानी समस्या समाधानका लागि प्रदेश सरकार पूर्णरूपमा क्रियाशील रहेको बताए।उनका अनुसार, ८ वटा वारुणयन्त्रबाट एक पटकमा ४० हजार लिटर खानेपानी आपुर्ति गर्नेछ।

खानेपानीकाे समस्या रहेको स्थानमा वारुणयन्त्रहरु २४ सौं घण्टा परिचालित रहने सिंहले बताए।मुख्यमन्त्री सिंहले वीरगन्जमा पठाएका वारुणयन्त्रहरु प्रदेश सरकारकाे व्यवस्थापनमा नेपाली सेनाले सञ्चालन गर्नेछ।

यस अघि प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ । यसैगरि खानेपानी समस्या रहेको क्षेत्रमा नेपाली सेनाका तर्फबाट पनि ७ वटा ट्यांककर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको छ।

सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको मुख्यमन्त्री सिंहले बताए । विद्यमान समस्या समाधानका लागि संघीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसंगको समन्वययमा साधनस्रोतको अधिक्तम प्रयोग गरि नागरिकको समस्या समाधान गर्ने तर्फ प्रदेश सरकार प्रयत्नशिल रहेकाे उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles