रौतहट,१६ माघ ।आसन्न फागुन २१ गतेको निर्वाचन शान्तीपुर्वक गर्न प्रहरी अहोरात्र खटिने हुँदा निर्धक्क हुन रौतहट प्रहरी प्रमुख,प्रहरी उपरिक्षक सिताराम रिजालले आग्रह गरेका छन् । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा सरोकारवालाहरूको भूमिकाबारे निर्वाचन क्षेत्र नं ३ मा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
निर्वाचन शान्तिपूर्ण गर्न प्रहरीले सुरक्षाको सम्पुर्ण तयारी पुरा गरिसकेकाले
निर्वाचन आचारसंहिताको पालना गर्न उपरिक्षक रिजालले आग्रह गरे ।
निर्वाचन अवधिमा उम्मेदवारले गर्न हुने र नहुने कार्य, आचारसंहिता उल्लघंन भएमा उजुरी दिने प्रक्रिया, आचारसंहिता कस–कसले पालना गर्नुपर्ने, सामाजिक सञ्जालमा गर्न नहुने पोस्ट तथा निर्वाचनमा प्रयोग गर्न पाउने सवारी साधनको संख्या र प्रकृतिबारे प्रहरी र निर्वाचन कार्यालयले अनुगमन र निगरानी राख्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताए । कही कतै कानुन बिपरितका गतिबिधि भए तुरुन्त प्रहरीमा खबर गर्न आग्रह गर्दै उपरिक्षक रिजालले सिमानाकामा कडा निगरानी बढाईएको बताए ।


