पौडेललाई सम्मान सहित संकल्पले गर्यो बिदाई

चन्द्रपुर । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संकल्प साकोस) ले आफ्ना निवर्तमान अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गणेश पौडेललाई सम्मान गरेको छ।
​२०८२ को निर्वाचनमा रौतहट क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विजयी हुनुभएका पौडेललाई संस्थाले एक विशेष समारोहका बीच बधाई तथा सम्मान गरेको हो। कार्यक्रममा संस्थाका पदाधिकारीहरूले पौडेललाई खादा, माला र सम्मान पत्रद्वारा स्वागत गरेका थिए।
​सो अवसरमा बोल्दै नवनिर्वाचित सांसद पौडेलले सहकारी अभियानबाट सिकेको अनुभवलाई देशको नीति निर्माण तहमा प्रभावकारी रूपमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles