प्राथमिक विद्यालय सहितको बाल उद्यान लथालिंग

गरुडा,१९ असार ।
ग्रामिण भेगका बालबालिका पनि स्वच्छ एवं मनोरम वातावरणमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले रौतहटको गरुडा नगरपालिका स्थित जयनगरमा निर्माण गरिएका एक प्राथमिक विद्यालय सहितको बाल उद्यान (चिल्डे«न पार्क)को अवस्था लथालिंग छ ।
पार्क निर्माणमा सहयोग गर्ने दाताले समय÷समयमा नियमन नगर्नु तथा गठन गरिएको उद्यान समितिले कुनै चासो नदिनुले पार्क लथालिंग अवस्थामा पुगेको हो ।
एक प्राथमिक विद्यालय, अतिरिक्त क्रियाकलापका सामाग्री, बाल उद्यान, तालिम हल, नर्सरी, पिकनिक स्थल तथा मनोरञ्जनात्मक पोखरी (रिक्रियसन पौण्ड) लगाएतका भौतिक संरचनाको निर्माण समेत भइसकेको उक्त पार्कको परिसर अहिले गहु“को च्छ्वाली थुपार्ने, गोबरका गुईंठा निर्माण गर्ने, तथा बस्तुभाउ चराउने चरनको रुपमा परिणत भएको छ ।
२०६५ सालमा निर्मित उद्यानको दुरावस्था मूल ढोका बाटै शुरु भएको देखिन्छ । प्रवेश द्वारको रुपमा रहेको ढोका समेत चोरी भएको छ । उद्यान भित्र गाई, भैँसी र बाख्राहरु चरिरहेका हुन्छन् । किसानहरुले पार्कमा गहुँको च्छ्वाली थुपारेका छन् । उद्यानमा गोबरको गुईंठा बनाउनेको त्यतिकै भिड रहन्छ । बगैंचाका फूलहरु मरिसकेका छन् । बालबालिकाले खेल्ने चिप्लेटी, झुला एवं पिङ्लगाएतका भौतिक सामाग्री जीर्ण तथा नष्ट भइ सकेका छन् ।
विद्यालयको भवन समेत जिर्ण बनिसकेको छ । भवनको छाना चुहिने भएको छ । शौचालय ढोका बिहिन अवस्थामा छन् । खाने पानीको धारा समेत सुकेको छ । रिक्रियसन पौण्डको डिल भरी नै गुईंठाको चाङ् छ । लाखौं रुपिया“को लगानी त्यतिकै खेर गइरहेको त्यस्तो अवस्थामा पनि पार्क प्रति कसैले चासो नदिनु भनेको ‘माल पाएर चाल नपाउनु’ भने जस्तै हो भन्छन् अधिकारकर्मी बिपीन गौतम । प्लान इन्टरनेश्नल एवं स्थानीय संस्था एफानद्वारा निर्मित उक्त पार्कको रेखदेख तथा उचित व्यवस्थापन हुन नसक्दा बालबालिकाको पढाइ समेत प्रभावित बनेको छ ।
विद्यालयका प्रधानाध्यापक नवनित रायले स्थानीयले नै यसको व्यवस्थापन तथा संरक्षणमा चासो नराखेको कारण उद्यानको दुरावस्था भएको बताए । हेरचाह तथा संरक्षण समिति भंग भइसकेको भएता पनि पार्कको रेखदेख तथा संरक्षण समेत दाताले नै गुर्नु पर्ने सोचका कारण उद्यानको दुरावस्था भएको स्थानिय युवा प्रेमलाल साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles