कटहरीया,१९ असार ।
रौतहटको क्षेत्र नम्बर ३ मा बिहिबार युवाहरुले भ्रस्टाचार बिरुद्ध मोटरसाईकल ¥याली निकालेका छन ।
आर्थिक बर्षको अन्तिम महिना असार मसान्तमा बिभिन्न विकास निर्माणका कार्यमा देखिएको भ्रस्टाचारलाई न्युनिकरण गर्ने उदेश्य अनुरुप युवाहरुले सचेतना ¥याली निकालेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी निकट क्षेत्र ३ को युुवासंघको अगुवाईमा सयौं मोटरसाईकल सहीत युवाहरुले भ्रस्टाचार बिरुद्ध नाराबाजी गर्दै ¥याली तथा प्रदर्शन गरेका हुन ।
नेकपाको क्षेत्रिय कार्यालय कटहरिया बाट बिहिवार बिहान ११ बजे सुुरुभएको ¥याली कटहरिया, गुजरा,फतुआ बिजयपुर,मौलापुर र देवाही गोनाही नगरपालिकाका बिभिन्न वडा हुँदै गरुडा नगरपालिकाको शिवनगर महादेव स्थान अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।
जनप्रतिनिधीको रुपमा जन्मेका केही जमिंन्दारहरु जनतालाई रैती र बजेटलाई आफनो पुस्तैनी सम्पती बुझेर बिभिन्न विकास निर्माणमा भ्रस्टाचार गरीरहेकाले त्यस्तालाई कालोमोसो दलेर जनता माझ नांगो बनाउने समय आएको कार्यक्रमका प्रमुख अतिथी रौतहट क्षेत्र नम्बर ३ (ख)का प्रदेशसभा सदस्य कुन्दन कुश्वाहाले बताए । स्थानिय निकाय र कतिपय प्रदेश सांसद संघिय सांसदले एउटै कामको तीन तीनवटा बिल बनाएर भ्रस्टाचारको पराकाष्ठा देखाईरहेकाले त्यस्ता बिरुद्ध कार्यवाही गर्न युवाशक्ती पछी नपर्ने कुश्वाहाले चेतावनी दिए ।
भ्रस्टाचारी बिरुद्ध जाग्न टोल टोलका युवालाई आव्हान गर्दै विकासको सबै भन्दा ठुलो दुश्मन भ्रस्टाचार रहेको र यो सिंहदरबारबाट गाउ पसेकाले यसको नियन्त्रण आवश्यक रहेको सांसद कुशवाहाले बताए ।
क्षेत्र ३ बाट सुरुभएको भ्रस्टाचार बिरुद्धको युवा अभियान जिल्ला र प्रदेशमा पुगे पछी अभियानलाई कसैले रोक्न नसक्ने उनले दावी गरे । क्षेत्र नम्बर ३ अन्तरगत गा“उ गा“उ पुगेर भ्रस्ट जनप्रतिनिधी लाई सुध्रीने चेतावनी दिंदै अबका दिनमा पनि भ्रष्टाचारमा संलग्न भए जनकारवाही गर्ने चेतावनी दिईएको ¥यालीमा सहभागी युवाहरुले बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का सदस्य त्रिभुवन साह,वहिद अन्सारी,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,युवासंघका क्षेत्रिय संयोजक राकेश गिरी,योगेन्द्र साह लगायतले भ्रस्टाचार नरोकिए सम्म देशको विकास असम्भव रहेको बताएका थिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *