चन्द्रपुर १३ भदौ । सामुदायिक बन उपभोक्ता महासघ चन्द्रपुरले तिज बिशेष कार्यक्रामको आयोजना गरेको छ ।
शहिद स्मृती पार्कमा बिहिवार मनाइएको छ । चन्द्रपुर नगर क्षेत्रमा रहेका सामुदायिक बनमा आवद्ध महिला सदस्यहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा दुइसय भन्दा बढी महिला दिदी बहिनीहरुलाइ आमन्त्रण गरीएको महासघका ले जानकारी दिएको छ ।
कार्यक्रममा रौतहटका डिएफओ बिनोद सिंह , चन्द्रपुरमा नगर प्रतिनिधी , समाजसेवी तथा सामाुदायिक बन समितीमा आवद्ध रहेका महिलाहरुको उपस्थिती रहेको थियो ।
बन बातावरण संरक्षण तथा सस्कृतीको संरक्षणका लागी यस्ता कार्यक्रमहरुको आयोजना गरीदै आएको सामुदायक बन उपभोक्ता महासघ चन्द्रपुरका अध्यक्ष राम बहादुर घलानले बताउनु भएको छ ।
दर खाएर नाचगान सहित कार्यक्रम साझ सम्पन्न भएको थियो ।


