गौर। रौतहट प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट अबैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको अपराध अनुसन्धानको टोलीले राजपुर नगरपालिका वडा नं. ५ र गौर नगरपालिका वडा नं.६ सवगढामा अबैध रुपमा सञ्चालित २ वटा घरेलु मदिरा बनाउने भट्टीहरु र मदिरा बनाउनको लागी तयार गरी राखियको करिब १० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । त्यस्तै सोही स्थानबाट प्रहरीले तयारी मदिरा १ सय लिटर र मदिरा बनाउने मेसिन २ थान २,कच्चा पदार्थ राख्ने खाली ड्रम १२ थान बरामद गरेको जानकारी दिएको छ ।


