एमआरआरद्धारा खेलकुद सामाग्री वितरण

चन्द्रपुर। लोकिप्रिय फेसबुक ग्रुप मेन्स रुम्स रिलोडेट (एमआरआर)ले आफ्नो ८ औं स्थापना दिवसको अवसरमा बुधबार रौतहटका महिला फुटबल खेलाडिहरुलाइ फुटबल वितरण गरेको छ । सो समुहले चन्द्रपुर नगरपालिका वडा स्थित स्व. शेर बहादुर दर्लांमि स्मृित खेल मैदानमा अभ्यास गनें महिला खेलाडि तथा तुल्सीलाल अमात्य खेल मैदानमा अभ्यासरत ग्रा“सरुटका बालबालिकाको लागी भनेर २९ थान फुटबल वितरण गरेको ग्रुपका अनिष दाहाले बताए । जापानमा रहेका एमआरआर ग्रुपका सदस्यहरुको अर्थिक सहयोग तथा रौतहटका सदस्यहरुको संयोजनमा फुटबल
वितरण गरिएको दाहालले जानकारि दिए । फुटबलको अभावमा खेलाडिहरुको अभ्यास प्रभावित भएको खबर सुनेपछि ग्रुपका जापानमा बस्ने सदस्यहरुले सहयोग गर्नं चासो देखाउर रकम संकलन गरेर पठाएपछि आठौं वार्षिक उत्सवको अवसर पारेर सहयोग गरिएको ग्रुपका अर्का सदस्य सुजन तिमलसिनाले बताए ।

आगामि दिनहरुमा यस्ता खाले सहयोग गर्न एमआरआर ग्रुप तयार रहेको बताउ“दै तिमलसिनाले सामाजिक कार्यमा एमआरआर सदैव सक्रीय रहने बताए । रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामिले एमआरआरको सहयोगले खेलाडिहरुमा हौसला थपेको भन्दै महिला फुटबल खेलाडिको उर्भर भुिमको रुपमा चिनिएको रौतहट जिल्लामा मिहला फुटबलको थप विकासको लागि स्थानीय सरकार लगायत शुभचिन्तक सबैले सहयोग गर्नुपर्ने धारण राखे । फुटबल बितरण कार्यक्रममा चन्द्रपुर नगरपालिका ६ का वडा अध्यक्ष खड्ग कुशवार ,चन्द्रपुर नपा शिक्षा शाखा प्रमुख कृष्ण सिग्देल, रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामि ,प्रदेश २ का फुटबल संयोजक नेपाल कार्र्की, प्रशिक्षकहरु बिक्रम घिमरे , नुराज काफ्ले,चित्र दर्लामि लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles