हर्षाहा। रौतहटको बृन्दावन नपा ६ हर्षाहामा रहेको श्री राजदेबी युवा क्लबले रक्तदान कार्याक्रमको आयोजना गर्ने भएको छ ।
क्लबले यहि मंसिर २८ गते शनिबारका दिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक आशिषराज पटेलले जानकारी दिए । क्लबले सबै नगरवासी तथा जिल्लाबासीहरुमा रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेको छ ।