रिहा भए पूर्वसभामुख महरा

काठमाडौं- बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदा भएका छन्।

उनलाई कारागारमै रहेमा पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरे। महरा कारागारबाट नीजि कार चढेर घरतर्फ लागेका छन्।

सोमबार काठमाडौं जिल्ला न्यायाधीश अमरराज पौडेलको एकल इजलासले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो।

महराको रिहाईको आदेश पछि स्वागतको लागि कार्यकर्ता तथा शुभेच्छुकहरुको डिल्लीबजार कारागार पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles