वडाध्यक्ष कुश्वार माथी मुद्धा नचलाउन सर्बोच्चको अन्तरिम आदेश

गौर,७ फागुन ।
मिटर व्याजी भनेर ठगी मुध्दामा प्रतिबादी बनाइएका ८ जना मध्यका चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष खड्ग बहादुर कुश्वारलाई पक्राउ नगर्न सर्बोच्च अदालतले आदेश जारी गरेको छ । सर्बोच्च अदालतका न्यायाधिश ईश्वर प्रसाद खतिवडाले उत्प्रेषणमुध्दामा बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा यस्तो आदेश जारी गर्नुभएको हो । अध्यक्ष खड्ग बहादुर कुश्वाहा सहित चन्द्रपुर–५ निबासी ५० बर्षिय कुमारी तामाङ, २५ बर्षिय नम्रता लामा, २१ बर्षिय नीरु लामा, चन्द्रपुर–३ निबासी २८ बर्षिय छलिमाया बज्यु, चन्द्रपुर–६ निबासी ४० बर्षिय, चिना कोईराला श्रेष्ठ, बीराटनगर महानगरपालिका– निबासी ५७ बर्षिय मैया सुबेदी, बबुढिगंगा गाउपालिका–१ निबासी ४४ बर्षिय कबिता भट्टराईले आरके प्लाजा भित्र रहेको नम्रता लामाको सिलाई गर्ने स्थानमा झुक्याई ललाई फकाई बिभिन्न किसिमका झुठा जाली तमसुक कागज गराई लेनदेननै नगरेको तर्फको चेक लिई ठगि गरेकोले पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न गएको माघ २२ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा जारी परेको थियो ।

जाहेरी दिनेमा चन्द्रपुर–६ बस्ने ७३ बर्षिय रेलीमाया बस्नेत, ४१ बर्षिय सीता कुश्वार, ३७ बर्षिय गीता कुमारी राई, दिल्ली कुमारी कार्की, चन्द्रपुर–५ निबासी ३५ बर्षिय बोध कुमारी गिरी, चन्द्रपुर–२ निबासी ५० बर्षिय दुर्गा चौधरी, चन्द्रपुर–६ निबासी २३ बर्षिय बिष्णु परियार रहेका छन । सोही जाहेरीको आधारमा प्रहरीले खोजी सुचीमा राखेपछि वडा अध्यक्ष खडक बहादुर कुश्वारले सर्बोच्च अदालतमा उत्प्रेष्ण मुध्दा दायर गरेका हुन । उनको पक्षमा अधिबक्तात्रय बिजय प्रसाद मिश्र, नबराज तिमल्सिना, र धर्मराज पौडेलले बहस गर्नु भएको थियो ।

आदेशमा कुनै उचित कारण र अबस्था बिद्यमान रहेका फौजदारी अभियोगका कुरामा बाहेक मुलुकी देबानी कार्य्बिधि सहिता ०७४ को दफा ३६ (२ )को आधारमा मिति ०७६ जेष्ठ १२ गते प्रमाणित सम्म गरेको कुरा लाई लिएर निबेदक लाई पक्राउ गर्ने, थुनामा राख्ने कार्य नगर्नु नगराउनु भनी बिपक्षीको नाममा सर्बोच्च अदालत नीयमाबली ०७४ को नीयम ४९ को उपनियम ( २ ) को खण्ड ( क ) बमोजिम प्रस्तुत निबेदनको अन्तिम टुंगो नलागुन्जेल सम्मको लागि यो अन्तरिम आदेश जारी गरिदिएको छ । सर्बाेच्को आदेशले रौतहट प्रशासनको कार्यशैलीमा प्रश्न चिह्न समेत खडा गरिदिएको छ । राजनीतिक प्रतिशोध साध्न यस्ता कार्य हुने गरेको वडाबासीले प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles