वन अधिकृत यादबले आफ्नो मर्यादा बिर्सिएपछि…

चन्द्रपुर,७ फागुन ।
रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिला कर्मचारीमाथी दुव्यवहार भएको छ । आफु वन अधिकृत ह“ु भन्दै चन्द्रपुर–४ निबासी रामकेबल राय यादबले चन्द्रपुर नगरपालिकाका महिला कर्मचारी लाई दुब्र्यबहार गरेका हुन ।
बुधबार नक्सा पासको कागजजातमा ईन्जिनियरको हस्ताक्षर नभएकाले यत्तिकै चलानी गर्न नमिल्ने चन्द्रपुर नगरपालिकाको दर्ता चलानी शाखामा कार्यरत उर्मिला अयालले भनेपछि त्यसको प्रत्युत्तरमा चन्द्रपुर नगरपालिका–४ निबासी रामकेबल राय यादबले आफु वनअधिकृत हु“ भन्दै नगरपालिकाको कर्मचारी लाई ‘म कोहो चिनेकी छस, तलाई घिसारेर बाटोमा लैजान्छ,ु त कुन तहको कर्मचारी होस’ भन्दै अश्लिल शब्द प्रयोग गर्दै हातपात गर्न खोजेको नगरपालिकाका कर्मचारीले जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकाका महिला कर्मचारीले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी लाई जानकारी गराएका छन । जानकारी गराउनेमा शाखा अधिकृत उमा गैरापिल्ली, रोजगार संयोजक शान्ता तिमल्सिना, महिला बिकास निरिक्षक चन्द्रकला बराल, सहायक पाचौ रोजिना खडका, सहायक पाचौ उर्मिला अर्याल, सहायक लेखापाल गंगा कुमारी खडका, सहायक चौथो अजिता पौडेल, सहायक चौथो अजिता शर्मा, सहायक कम्प्युटर अपरेटर सृजना कुमारी कोईराला, एम आई एस अपरेटर बिक्रम चौधरी, फिल्ड सहायक प्रभुनारायण चौधरी, सामाजिक परिचालक सुनन्दा कार्की, कार्यालय सहायक रुद्धमणी पौडेल, कार्यालय सहायक यमप्रसाद सापकोटा रहेका छन ।
आक्रमण शैलीमा प्रस्तुत भएका यादबले महिला कर्मचारी लाइ असुरक्षित कार्यबाताबरण सृजना गराएको भन्दै उनीहरुले कर्मचारीको मानहानी भएको तथा असुरक्षित महशुस गराएको भन्दै नगरप्रमुख रामचन्द्र चौधरी समक्ष सुरक्षाको प्रत्याभुति दिलाउन माग गरेका छन । यस बिषयमा नगरप्रमुख रामचन्द्र चौधरीले कार्यपालिकाको बैठक बाट निर्णय गरी अशोभनिय ब्यबहार गर्ने जोकोही लाई जबाफदेही बनाउन ईलाका प्रशासन कार्यालयमा जानकारी गराउने बताउनु भयो । नगरपालिकासंगै रहेको प्रहरी कार्यालय भने घट्ना भईरहेको बेला मुखदर्शक बनेर बसेको महिला कर्मचारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles