प्रदेश २ःट्राफिकको ‘सडक सुरक्षासचेतना अभियान’

चन्द्रपुर,८ चैत ।
सवारी दुर्घटना न्यूनिकरणका लागी शुक्रवारबाट ट्राफिक प्रहरीले प्रदेश २ का सवै जिल्लाहरुमा सडक सुरक्षा सचेतना अभियान संचालन गरेको छ ।
पर्सा देखी सप्तरी सम्मको आठ वटै जिल्लामा शुक्रवार देखी एकै पटक अभियानको शुरुवात गरीएको छ ।
लामो तथा छोटो दुरीका सार्वजनिक सवारीका चालकहरु लाइ हरियो रंगको ज्याकेट बितरण गरीएको छ । अव देखी प्रदेश २ मा सवारी चलाउउदा चालकहरुले अनिवार्यरुपमा हरियो ज्याकेट लगाउने पर्ने छ । यस्तै छोटो तथा लामो दुरीमा चल्ने सवारी लाइ टाइम कार्डको व्यवस्था गरीएको छ । गाडी भित्रको फोहर व्यवस्थापनका लागी डस्टपिन राख्नुपर्ने, सवारीको गती सिमीत हुनुपर्ने , गाडीमा आगो निभाउने उपकरण राख्नुपर्ने लगाएतको सचेतनाका कार्यक्रमहरु अगाडी ल्याइएको जिल्ला टूाफिक प्रहरी कार्यालय रौतहटले कार्यक्रममा जनाएको छ ।
शुक्रवार रौतहटको चन्द्रपुरमा अभियानको उद्घाटन गर्दै इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले अभियान सफल बनाउन र दुर्घटना रोक्न सवैले सहयोग गर्नुपर्ने बताए ।
जिप, भ्यान र पिकअप बढीमा ८० किमि प्रतिघण्टा, टेम्पो, स्कुटर, पावरटिलर तथा ट्रयाक्टर बढीमा ४० किमि प्रतिघण्टा, मोटरसाइकल बढीमा ५० किमि प्रतिघण्टाको गतिमा मात्र गुडाउन पाइने छ। त्यस्तै बस, मिनीबस, ट्रक, मिनीट्रक पहाडी बाटोमा बढीमा ५० किमि प्रतिघण्टा र समतल बाटोमा बढीमा ७० किमि प्रतिघण्टा तोकिएको छ । प्रदेश २ को आठ वटै जिल्लामा अभियान कै रुपमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु गरीएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले जनाएको छ । अभियान सफल बनाउन बिभिन्न कार्यक्रमहरुको आयोजना गर्नका लागी योजनाहरु ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles