एन्फा टेक्निकल हाउसमा क्वारेनटाइन (संगरोध) रुम बनाउने नगरपालिकाको तयारी

सागर हुमागाई
चन्द्रपुर ९ /बिश्व माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोनो भाइरसको पुर्ब सांबधानीको लागी चन्द्रपुर–६ स्थित रहेको नव निर्मित एन्फा टेक्निकल हाउसमा क्वारेनटाइन (संगरोध) रुम बनाउने तयारी भएको छ । स्व शेरबहादुर दर्लामी हातेमालो खेल मैदानमा रहेको टेक्निकल हाउसमा चन्द्रपुर नगरपालिकाले अस्थाई क्वारेनटाइन (संगरोध) रुम बनाउने तयारी थालेको छ ।
बिश्व माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोनो भाइरसले बिश्व नै खतरामा रहेको बेला चन्द्रपुर नगरबासीमा कोरोनोको लक्ष्ण देखियो भने क्वारेनटाइन (संगरोध) रुममा राखेर उपचार गरिने चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले जानकारी दिनु भयो । हाल सम्म कसैमा कारोना भाइरसको संक्रमण देखिनु पुर्ब बिभिन्न तयारी भैरहेको चौधरीले बताए । चन्द्रपुर नगरपालिकामा केहि दिन एता देखी नै सरकारी अस्पतालमा हेल्प डेस्क राखिसकेको छ भने १० वटै वार्डमा हेल्प डेस्क राख्ने तयारी भैरहेको उनले बताए ।


एन्फा टेक्निकल हाउसमा अस्थाईरुम बनाउन चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरी वार्ड न ४ का अध्यक्ष अमर आले मगर,कार्यपालिका सदस्य काजीमान माझी,प्रदेश न २ लिग संयोजक नेपाल कार्की,रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी,माहासचिव मधुसुधन धिताल,चन्द्रनिगाहप्र सिटि जेसिसका पुर्ब अध्यक्ष अनन्त अधिकारी सहितको टोलिले निरिक्षण गरेका थिए । देशनै बिपत्तको घडिमा रहेको बेला रौतहट जिल्ला फुटबल संघका हरेक काममा हातेमालो गर्न तयार रहेको नेपाल कार्कीले बताए । कोरोनो त्रास जनमानसमा बढिरहेको बेला नगरपालिकाको यो कदम सराणिय रहेको अनन्त अधिकारीले बताए ,जनमानसमा कोरोनो भाइरसको आंतङ्क बढिरहेको बेलामा क्वारेनटाइन (संगरोध) रुमको स्थापनाले गर्दा मानिषहरुमा आफु सुरक्षीत रहेको महसुस हुने बताए ।
सर्वसाधारण जनताहरुको लागि कोभिड–१९ (नोभल कोरना भाईरस) बारे जानकारी गराउन र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले अस्पतालमा सहायता कक्ष स्थापना गरिएको छ । जनचेतनाको लागि कोभिड–१९ संग सम्बन्धि व्यानर सहित टाँस गरी कार्य संचालन गरेको छ । सहायता कक्ष बाट परामर्श दिनुको साथै उपचार पद्धती र बच्ने उपायको बारेमा ज्ञान दिईने छ । चन्द्रपुर नगरपालिका द्धारा चन्द्रनिगाहपुर अस्पतालमा सहायता कक्ष राखिएको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार भाइरसको एउटा समूह लाई कोरोनाभाइरस भनिन्छ भने यस्ले सामान्य रुघा लाग्ने देखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउनसक्छ । जनावरबाट मानिसमा यस्तो भाइरस सर्ने बताइएको छ । श्वासप्रश्वासको समस्या देखिने यो भाईरसको संक्रमण भएपछि मानिसमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने र निमोनियाको संक्रमण हुने जनाइएको छ । यो भाईरसको संक्रमण भएको सुरुवाती चरणमा उपचार गर्नसकेमा निको हुने डाक्टरहरुको भनाई रहेको छ । कोरोना भाइरसका कारण सरकारी र गैरसरकारी कार्यक्रमहरु प्रभावित हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles