रौतहटमा २४ जना क्वारेन्टाइनमा,कोरोना संक्रमित भने होइनन्

रौतहट । रौतहटमा २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन देश बाहिरबाट आएकाहरुलाई तत्काल समाज र परिवारसँग घुलमिल हुन नदिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे अनुसार भारतको मुम्बइ, दिल्ली, पञ्जाब, हरियाणा तथा अन्य मुलुकबाट समेत आएका २४ जनालाई प्रत्यक्ष निगरानी गर्न क्वारेन्टाइनमा राखिएको राैतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । क्वारेन्टाइनमा राखिएकाहरु कोरोना संक्रमित भने होइनन्, वैदेशीक रोजगारीबाट फर्किएकाहरुलाई अलग राखिएको घिमिरेले बताए। उनीहरुको स्वास्थ्यमा कुनै किसिमको समस्या नदेखिएको उनले बताए।

प्रजिअ घिमिरेका अनुसार १६ जनालाई गौर नर्सिङ्ग इन्स्टिच्यूट र ८ जनालाई चन्द्रनिहापुर अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।रौतहटको विभिन्न स्थानिय तहमा गरी कुल ४९९ बेड सँख्या भएको क्वारेन्टाइन तयार हुन लागेको छ ।

हाल सम्म १८२ बेडको क्वारेन्टाइन तयार भइ सकेको बेलुका सम्म ९५ बेड अझै थपिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रौतहटको गौरमा नर्सिङ्ग इन्स्टिच्यूट र सिया पैलेस गरी ९० बेडको, चन्द्रपुरमा वृन्दावन, गुजरा र गढीमाई नगरपालिको संयुक्त रुपमा ८० बेडको, गरुडामा १०, दुर्गाभगवती गाँउपालिकामा ३०, माधवनारायणमा ५०, फतुवा विजयपुरमा १५, राजपुरमा २९, परोहामा २५, बौधीमाईमा १००, देवाही गोनाहीमा ४० र इशनाथ नगरपालिकामा ३० बेडको क्वारेन्टाइन तयार हुनेछ । रौतहटको मौलापुर नगरपालिका र यमुनामाई गाँउपालिकाले भने क्वारेन्टाइनको अझैसम्म पनि तयारी नगरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles