रौतहटमा करिब पाँच सय बेड तयारीको अवस्थामा

रौतहट जिल्ला सुरक्षा समिति रौतहटको निर्देशनमा रौतहटको विभिन्न स्थानीय तहमा करिब पाँच सय बेडको क्वारेन्टाइन तयार भएको छ । कोरोना भाइरसबाट संक्रमणको आशंका भएकालाई केही दिन सुरक्षित एक ठाउँमा राख्न तयार पारिएको क्वारेन्टाइन मध्य कतिपय सञ्चालनमा पनि आइसकेका छन ्।

जिल्लाको बौधीमाई नपाले एक सय बेडको क्वारेन्टाइन तयार पारेको छ । यसैगरि गरुडा नपा ले दश, गौर र राजदेवी नपाले नब्बे, चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाई नपाले असी, दुर्गा भगवती गाउँपालिकाले तीस, माधवनारायण नपाले पचास, फतुवा विजयपुर नपाले पन्ध्र, राजपुर नपाले उन्तीस, परोहा नपाले पच्चीस, देवाही गोनाही नपाले चालीस र इशनाथ नपाले तीस बेडको क्वारेन्टाइन तयार पारेको छ। जिल्लामा तयार भइसकेको र हुने क्रममा रहेको क्वारेन्टाइनलाई एक ठाउँमा जोड्दा ४ सय ९९ बेड हुने रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन्। अधिकांश क्वारेन्टाइन बेड तयारी अवस्थामा रहेको र केही बेड एक दुई दिनमा तयार हुने प्रजिअ घिमिरेले बताएका छन्।

यसैबीच रौतहटको इशनाथ नपाको क्वारेन्टाइनमा एकजना, राजपुर नपाको क्वारेन्टाइनमा दुईजना, चन्द्रपुर र गौरको क्वारेन्टाइनमा १६र१६ जना गरी जिल्लाको क्वारेन्टाइनमा पैतीस जना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले बताएका छन्। क्वारेन्टाइनमा रहेकामध्ये अधिकांश भारतबाट विभिन्न समयमा आएका छन्।
क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षणको लागि एमबिबिएस चिकित्सक नरहेकाले समस्या भएको स्थानीयको गुनासो रहेको छ। क्वारेन्टाइनमा स्वास्थ्य चिकित्सकको व्यवस्था हुनुपर्ने स्थानीयको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles