नवराज चौलागाई /निजगढ,१३ चैत्र ।
निजगढ नगरपालिकाले कोरोना भाईरस संक्रमण शंकास्पद व्यक्तिहरुलाई राख्नकोलागि क्वारेन्टाईनको व्यवस्था गर्ने भएकोछ । मेयर सुरेस कुमार खनालको आह्वानमा बिहिबार सम्पन्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको बैठकले क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय गरेकोहो ।
नगरपालिकाले बारा उध्योग वाणिज्य संघको सभाहलमा ५० शैया र प्रतेक वडामा ५ शैयाको क्वारेन्टाईन बनाउन लागेको निजगढक मेयर सुरेश कुअमार खनालले बताउनुभयो । बैठकले नगरको राजमार्ग क्षेत्र तथा भित्रि सडकहरुमा सरसफाई गर्ने र किटनाशक औषधि छर्कन,ज्वरो परिक्षण गर्नकालागी इन्फ्रारेड थर्मोमिटर प्रयोग गरि शंकास्पद व्यक्तिलाई परिक्षण गर्ने व्यवस्था मिलाउने र स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट ९पिपिइ० को व्यवस्थापनकोलागि सम्बन्धित निकायसंग माग गर्ने निर्णय समेत भएकोछ । बैठकमा नगर भित्र बाह्य देश बाट आएका आगन्तुकहरुको तथ्यांक वडा मार्फत संकलन गरि नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराउन व्यवस्था मिलाउने निर्णय गरेको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।
नगरपालिकाले यसअघि नै कोरोना संक्रमण शंकास्पद बिरामीकोलागी प्राथमिक स्वास्थ्य केन्द्रमा ५ शैयाको आईसोलेसन वार्ड तयार गरिसकेकोछ । यसैबीच निजगढ नगरपालिका र सुरक्षाकर्मीहरुको टोलीले लक डाउनको पालना गर्न नगरबासीहरुलाई आग्रह गरेकोछ । बिहिबार नगरको ग्रामिण क्षेत्रमा सुरक्षाकर्मी सहितको टोलि पुगेर लकडाउनको समयमा घर भित्रै रहन आग्रह गरेकोहो । मेयर सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनाल सहितको सुरक्षाकर्मीहरुको टोलीले लक डाउन कार्यान्वयन गर्न आग्रह गरेकोहो।