गृहमन्त्रीको प्रहरीलाई निर्देशनः लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुहोस्

काठमाडौः गृहमन्त्री रामबहादुर थापाले सरकारले घोषणा गरेको लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

बिहीवार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक र नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई शुभकामना दिने क्रममा गृहन्त्री थापाले मुलुक अहिले कोरोनाको कारण संकटमा भएकाले जिम्मेवारी पूर्ण ढंगले काम गर्न निर्देशन दिएका थिए।ु यो हाम्रो परीक्षाको घडी हो। लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनु होलाु, गृहमन्त्री थापाले भने।

गृहमन्त्री थापाले जनतालाई कोरोना भाइरस सम्बन्धी कुनै पनि भ्रम र समस्या भए तत्कालै समाधान गर्न समेत निर्देशन दिएका थिए। त्यस्तै संकटको समयमा कालोबजारी बढ्ने भएकाले त्यसको नियन्त्रण गर्न समेत आदेश दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles