चन्द्रपुर ।रङ्गपुर साझेदारी बन रौतहटको क्षेत्र बाट चोरी भएको काठ बरामद भएको छ ।
तस्करहरुले अवैधरुपमा लगेको सालको काठ चन्द्रपुर ७ नयाबस्ती गाउको बासघारीमा फेला परेको हो ।
समितीका पदाधिकारी र बनगस्ति टोलीले लुकाएर राखेको ४ थान सखुवाको काठ र सालको गोलीया गरी १७ क्युफिट काठ बरामद गरीएको रंगपुर साझेदारी बन समितीका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएका छन ।


