बकैया नदीमा डुबेर एक जना किशोरको मृत्यु

निजगढ,२० चैत्र ।
निजगढस्थित बकैया नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । निजगढ शान्तिटोलका १९ बर्षीय किशोर सबिन सहनीको मृत्यु भएको हो ।
निजगढको पर्यटकीय क्षेत्र गणेशमानपार्क मोहोरीस्थित बकैया नदीमा साथीहरुसंग पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको हो । ९–१० जनाको समूहमा पौडी खेल्न निस्किएका उनको अपरान्ह ३ बजेतिर पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिकास थपलियाले बताउनुभयो। मकवानपुरको बकैया गाउपालिकाको सिमानामा उक्त घटना भएको हो ।
सहनीको शव पोष्टमार्टमकोलागी रौतहटको चन्द्रनिगाहपुर ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles