बृन्दावनका ५२ सय विपन्न परिवारलाई राहतः मेयर यादव

चन्द्रपुर। रौतहटको बृन्दावन नगरपालिकाले आफ्नो नगर क्षेत्रका सयौं गरीव,विपन्न परिवारलाई राहत बितरण गर्ने भएको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि नगरपालिकाले ५ जार द’ई सय विपन्न्,गरीब परिवारलाई राहत प्याकेज दिने निर्णय गरेको मेयर रामस्नेही यादबले जानकारी दिनुभयो । शनिबार कार्यपालिकाको कार्यालयमा बोर्डको बैठक गरेर नगर प्रमुख राम स्नेही यादवले यस्तो निर्णय गर्नुभएको हो । बृन्दावन नगरपालिकाभरी रहेको करिब ५२ सय गरिब विपन्न परिवारलाई राहत प्याकेज दिने मेयर यादवले घोषणा गर्नुभयो । संकटको घडीमा वास्तविक गरिव मजदुर असाहायलाई राहत वितरण गर्नुपर्ने अति आवश्यक भएकोले कुनै पनि गरिव परिवार नछुटाउन मेयर यादवले सम्पूर्ण वडा अध्यक्षहरुलाई आग्रह समेत गर्नुभएको छ । शनिबार कार्यपालिकामा बसेको बोर्ड बैठकमा नगरभरीका चुनियको ५२ सय विपन्न तथा गरिव परिवारलाई आईतबारबाट राहत र्फम भर्न समेत नगर प्रमुख यादवले आग्रह गर्नुभएको छ । यसअघि बाढी, आगलागी, भुकम्प, हावाहुरी जस्ता दैवि प्रकोपले संकटमा परेको बेला पनि राहत पाउने लोभले धनी व्यक्ति पनि गरिव बनी राहत लिएकोले यस्मा पनि त्यस्तै व्यक्ति दोहोरिन सक्ने भएकाले चनाखो भएर वास्तविक गरिवलाई मात्रै पहिचान गर्न मेयर यादवले सबै जनप्रतिनिधिहरुलाई अपिल गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles