गौर नगरपालिकाद्धारा पाँच हजार परिवारलाई राहत बितरण

गौर। रौतहटको पुरानो नगरपालिका गौर नगरपालिकाले आफ्ना नगरबासीलाई राहत वितरण गरेको छ । दैनिक ज्यालादारी गर्ने, अतिविपन्न तथा दलित समुदायका पाँच हजार परिवारलाई राहत वितरणको काम सुरु गरिएको नगरपालिकाका मेयर अजय गुप्ताले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड(१९) रोकथामका लागि सरकारले गरेको लकडाउनकोले समस्यामा परेका नागरिकलाई नगरपालिकाले राहत स्वरुप खाद्यान्न बितरण गरेको मेयर गुप्ताले बताउनुभयो । नगरपालिकाले प्रतिपरिवार १५ किलो चामल, तीन किलो दाल, चार किलो आलुसहित खाने तेल र नून वितरण गरेको हो ।

नगरक्षेत्रभित्र रहेका अतिविपन्न परिवारलाई कम्तीमा एक सातासम्म पुग्ने गरी चरणबद्ध रुपमा खाद्यान्न वितरण गरिरहेको मेयर गुप्ताको भनाइ छ । नगर क्षेत्रभित्र कोठा भाडामा बसिरहेका र आर्थिक रुपमा विपन्न रहेका पाँच सय परिवारलाई पनि राहतको व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले जानकारी दिनिभयो ।
गौर नगरपालिकाले ९ वटै वडामा वडाअध्यक्षको सहभागितामा राहत बाँडिएको उहाँले बताउनुभयो ।
लकडाउनका कारण बजार व्यापार बन्द भएपछि हातमुख जोर्नै समस्यामा परेका दलित, विपन्न र गरीबहरुको लागि रौतहटको परोहा, गौर, गढिमाइ र मौलापुर,चन्द्रपुर,बन्दावन नगरपालिकाले पनि खाद्यान्न वितरण गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles