रौतहटमा दुइजनामा कोराना संक्रमणः भुसाहा र नहरटोल सिल

गौर,१६ बैशाख । रौतहटमा २ जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको बृन्दाबन नगरपालिका र देवाही गोनाही नगरपालिका दुइजनामा मंगलवार कोरोना भाइरसको संक्रमण फेला परेको छ । संक्रमित फेला परेपछि दुइवटा टोल नै स्थानिय प्रशासनले सिल गरेको छ । वृन्दावन नगरपालिका ९ भुसाहटोलका २४ बर्षिय युवक र देवाही गोनाही १ करुनिया टोलका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण फेला परेको हो । वृन्दावन नपा भुसाहाटोलका युवक कलकत्ताबाट आएका थिए । उनी घर फर्कदा भारतमा पनि लकडाउन थियो, कतै हिडेर कतै खाध्यान्न बोकेको टेक्टर चढेर उनी घर आइपुगेका थिए । चैत्र १७ गते नेपाल प्रवेश गरेका थिए । चैत्र २२ गते चन्द्रपुरमा रहेको क्वारेन्टाइनमा ल्याएका थिए । जनकपुरको ल्याबबाट नेगेटिभ रिपोर्टका आएको भन्दै वृन्दावनका ति संक्रमित युवकलाइ वैसाख ६ गते घर पठाइएको थियो । चैत्र २९ गते जनकपुरबाट रिपोर्ट नेगेटिभ आएपछि उनलाइ १४ दिन पुर्याएर घर पठाइएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले जानकारी दिएका छन । यस्तै गुजरा नपाको जंगलसैया घर भइ देवाहीगोनाहीस्थित क्वारेन्टाइनमा बसेका करुनियाटोलका संक्रमित ३५ बर्षिय दिल्लीबाट आएका थिए ।
उनी पनि लुकेर भारतबाट नेपाल छिरेका थिए । दिल्लीमा ब्याग उधोगमा काम गर्थे । चैत्र १८ गते बिहारको ढाका आइपुगेका उनी केही दिन ढाकामा नै बसेको र त्यसपछि त्यहाबाट हिडेर बैसाख ४ गते नेपाल छिरेपछि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
रौतहटमा दुइ जनालाइ कोरानो संक्रमण पुष्टी भएको बिषयमा जानकारी दिनुहुदै सामाजिक बिकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।
दुवै संक्रमितलाइ थप उपचारको लागी बिरगज स्थित नारायणी क्षेत्रिय अस्पताल लगिएको छ । यस्तै रौतहट प्रशासनले संक्रमित बस्ने टोल सिल गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले दुवै संक्रमित रहेको स्थान लाइ सिल गरेको छ । बृन्दाबन ९ को भुषाहाटोलको दक्षिणमा भिमडावर, उतरमा आकरपाकड, पश्चिममा बहुहरी, पुर्वमा बिर्ता सम्म सिल गरीएको छ । बृन्दाबनका संक्रमित युवक १० दिन देखी गाउमा बसेकाले टोल सिल गरीएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles