दुबै संक्रमित बीरगंजस्थित नारायणी अस्पतालमा

गौर,१६ बैशाख । रौतहटमा आज २ जना कोरोना संक्रमित फेला परेका छन् यो संगै रौतहटमा संक्रमितको संख्या तीन पुगेको छ । आज फेला परेका दुबै जनालाई उपचारका लागि वीरगञ्ज लगिएको छ । देवाही गोनाही–१ करुनिया टोलका ३५ वर्षीय पुरुषलाई आइसोलेसन वार्डमा राखिसकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनी दिल्लीबाट वैशाख ४ गते नेपाल आएका थिए । क्वारेन्टाइन जानुअघि उनी घर परिवार र ससुरालीमा केहिदिन बसेको पाइएको छ ।

अर्का संक्रमित वृन्दावन नगरपालिका–९ भुसाहा टोलका २४ वर्षीय युवालाई पनि उपचारका लागि नारायणीमा ल्याइएको छ । उनी क्वारेन्टाइन अवधि सकेर घर गएको हुनाले अस्पताल ल्याउन ढिलाइ भएको हो । कोलकत्ताबाट चैत २२ गते घर आएपछि उनलाई चन्द्रपुर स्थित क्वारेन्टाइनमा राखिएको थियो । जनकपुरबाट आएको टोलीले थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि वैशाख ६ गते घर पठाइएको थियो । तर, क्वारेन्टाइनबाट छाडिएको १० दिनपछि काठमाडौंस्थित शुक्रराज सरुवा रोग अस्पतालको ल्याबमा गरिएको पुनः परीक्षणमा उनमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । संक्रमितको रौतहटमा उपचार नहुने बाध्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles