जलाउन लगिएको महिलाको शव प्रहरीद्वारा बरामद,श्रीमान पक्राउ

रौतहट २१ जेठ /
श्रीमतीको शव जलाउन ठिक पारेको अवस्थामा रौतहटमा प्रहरीले शव बरामद गर्दै मृतकको श्रीमानलाइ अनुशन्धानको लागी पक्राउ गरेको छ ।
श्रीमतीलाइ हत्या गरी जलाउने प्रयास गरेको आरोपमा अनुशन्धानको लागी श्रीमान पक्राउ परेका हुन ।
रौतहटको चन्द्रपुर १० का २८ बर्षिय मुकेश पडितलाइ अनुशन्धानको लागी पक्राउ गरीएको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुधवार बिहान करीव ७ बजे चन्द्रपुर १० मा रहेको घोघि खोलामा शव जलाउने क्रममा प्रहरीको टोली पुगेर शव बरामद गरेको जनाएको छ ।
बुधवार बिहान ३ बजे २७ बर्षिया सिमा कुमारी पडीतको मृत्यू भएको दाहसस्कार गर्ने क्रममा प्रहरीलाइ सुचना आएपछि अनुशन्धानको लागी मृतकको श्रीमानलाइ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
शव परिक्षणका लागी चन्द्रनिगाहपुर अस्पतालमा राखिएको घटनाको अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles