राजपुरमा स्वास्थकर्मीमाथी आक्रमण,२ को टाउकोमा चोट

रौतहट, २१ जेठ । रौतहटको राजपुर नगरपालिका स्थित क्वारेन्टाईनमा खटीरहेका स्वास्थकर्मी माथी हातपात भएको छ । क्वारेन्टाइनमा बसेका केही युवाले हातपात गर्नुका साथै स्वास्थकर्मी चढने सवारी साधन समेत तोडफोड गरिदियका छन । क्वारेन्टाईनमा बस्ने संकास्पद बिरामीको आरडिटी परिक्षणको नतिजा पोजिटिभ आएपछी घर जान नपाएको रिसमा उनिहरुले स्वास्थ्यकर्मी उपर आक्रमण गरेका थिए ।
आक्रमण बाट सहायक नगर स्वास्थ संयोजक रामनरेस साह र अर्का स्वास्थकर्मी खुुर्सिद आलमको टाउको फुुटेको छ ।
 उनीहरुको प्राथमिक स्वास्थ केन्द्र राजपुरमा उपचार भईरहेको नगर स्वास्थ संयोजक रबीन्द्र कुमार झाले जानकारी दिएका छन।
साथै उनीहरुले स्वास्थकर्मी चढने तिनवटा निजी मोटर साईकलमा समेत तोडफेोड गरेको संयोजक झाले जानकारी दिएका छन ।
स्वास्थकर्मी माथी भएको आक्रमण पछी नगरक्षेत्रमा कार्यरत सबै स्वास्थकर्मी काम छोडेर घर गईसकेको र आफुु एकलै कार्यालयमा बसीरहेको संयोजक झाले जानकारी दिएका छन ।
क्वारेन्टाईन अन्तरगत बसीरहेका मध्ये एकसय ८४ जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको थियो ।
निगेटिभ आएकाहरुलाई घर पठाउनु अघि आज फेरी एकसय जनाको आज गरीएको परिक्षणमा ३० जनाको नतिजा पोजिटिभ आएपछी उनीहरु आक्रोसित हुँदै एक्कासी आक्रमण गरेका थिए ।
राजपुर नगरपालिकाको बिभिन्न वडामा जिल्लामै सबभन्दा बढी ८३ जना कोरोना भाईरस संक्रमित रहेका छन ।
हाल नगरक्षेत्र अन्तरगत निर्माण भएको क्वारेन्टाईनहरुमा दुुईहजार सातसय ११ जना बसीरहेका छन ।
उनीहरु लकडाउन पछी भारतको बिभिन्न सहर बाट आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles