सांसद तिमल्सीनाको आक्रोश सबै बजेट झापा, चितवन र मन्त्रीको क्षेत्रमा लानु, हामीलाई चाहिँदैन

जेठ २४, काठमाडौं
रौतहट क्षेत्र नं ४ का सांसद देवप्रसाद तिमल्सीनाले अहिले सरकारले ल्याएको बजेट कुनै हिसाबले पनि समर्थन गर्न लायक नभएको बताएका छन्। संसदमा शुक्रबार सातवटा मन्त्रालयको विनियोजनमाथि छलफल गर्दै उनले अहिलेको बजेट झापा, चितवन र मन्त्रीहरुको निर्वाचन क्षेत्र केन्द्रित भएको भन्दै आपत्ति जनाएका हुन। ‘यो बजेट देखाउनको लागि हामीलाई किताब दिइएको हो कि। किताब उहाँहरुले पार्टी कार्यालयमा राखेर सरसर दिए हुन्छ,’ उनले भने, ‘यहाँ संसदमा दिएर नाटक गर्न जरुरी छैन। हामीले दिएका योजना एउटा पनि नहुने र यहाँ बजेट जम्मै झापा, चितवन अनि मन्त्रीहरुको क्षेत्रमा मात्रै।

यही हो बजेटरु’ उनले झापाका मात्रै जनता भएको बताउँदै तिनले मात्रै कर तिरेका हुन्रु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे। ‘झापामा मात्रै जनता छन्रु झापाले मात्रै कर तिरेको छरु जहाँ विपन्‍न छ जहाँ गरिबी छ त्यहाँ दिने भनेर हाम्रा गौरवशाली भनेर आफैँले भन्‍ने पार्टी, सर्वहारा नेता भन्‍ने बजेट आफ्नो क्षेत्रमा मात्रै हाल्ने यही होरु’ उनले भने। उनले खानेपानी मन्त्रालयको बेतिथिको कुरा गरी साध्य नभएको पनि आरोप लगाए। ‘खानेपानी मन्त्रालयको कुरै नगरौँकति भन्‍नु कति कराउनु,’ उनले भने। उनले मन्त्रीहरुले ठूलो छाती बनाएर, ठूलो आँखा बनाएर हेर्न नसकेको आरोप लगाए। ‘यो बजेट कुनै पनि समर्थन गर्न लाएककै छैन,’ उनले भने, ‘बजेट खुल्ला आकाशमुनि सुत्ने जनतालाई दिइयोस्। यो पाँच वर्षको सबै बजेट लैजानुस मन्त्रीज्यूहरुको क्षेत्रमा हामी विकास हेर्न आउँछौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles