रौतहट २५ः रौतहटका १८ जना कोरोना संक्रमितहरु शनिबार कोरोना भाइरसलाइ जितेर घर फर्किएका छन । डिस्चार्ज भएका छन । जेठ ४ गते नसिंग कलेज आइसुलेसनमा भर्ना भएकाहरुलाइ शनिबार डिस्चार्ज गरिएको गौर अस्पतालका मेसु डा. कृष्ण साहले जानकारी दिएका छन । इशनाथ नगरपालिकाका १० जना,राजपुर नगरपालिकाका ७ जना र माधब नारायण नगरपालिकाको १ जना गरी १८ जनालाइ डिस्चार्ज गरिएको डा . साहले जानकारी दिएका छन । पछिल्लो पटक गरिएको पिसिआर परिक्षणमा १८ जना कै रिर्पोट निगेटिभ आएपछि उनीहरुलाइ २ हप्ता होम क्वारेनटीनमा बस्ने गरी घर पठाइएको उनले जानकारी दिए । यस अघि ३ जना बिरगंज स्थीत नारायणी अस्पतालबाट निको भइ घर फकिएका थिए ।यो संगै रौतहटमा कोरोना निको हुनेको संख्या ३ जना पुगेको छ ।
यता आज सम्म रौतटहमा कोरोना संक्रमितको संख्या ३ सय ९७ जना पुगेको छ । शनिबार मात्रै रौतहटमा ६ जनामा संक्रमित पुष्टी भएको छ ।


