रौतहटमा कोरोना सन्क्रमितको संख्या ६ सय ६१

रोतहट ३१ जेष्ठ । आज शनिवार रौतहटमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ६६१ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय गौरका ल्याब सुपरभाइजर राजकुमार साहका अनुसार शनिवार थपिएका ४४ संक्रमितहरु परोहा नगरपालिका हुन् ।रोजगारी गरेर भारतबाट फर्की क्वारेन्टिनमा बसेका उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेका जनाइएको छ । हिजो (शुक्रबार) एकै दिन राजपुर नगरपालिकामा ८५ र परोहा नगरपालिकामा १ जना गरी ८६ जनामा संक्रमणको पुष्टि भएको थियो । रौतहटको राजपुरमा मात्र सबैभन्दा बढी संक्रमित भेटिएको छ । राजपुरका २ हजार १ सय जनाको स्वाब परीक्षण गर्दा २१८ संक्रमित भेटिएको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles