राजपुर,११ असार । रौतहटको राजपुर नगरपालिकाले आफ्नो चौथो नगर सभा सम्पन्न गरेको छ ।नगर प्रमुख मो.सकिल अक्तरको सभापतित्वमा आयोजित कार्यक्रममा पुर्ण बहुमतले नगर सभा पारित भएको हो । कार्यक्रममा नगरसभाका सल्लाहकार र वडा नं.१ देखि ९ सम्मका वडाध्यक्ष उपनगर कार्यसमिति सदस्य, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका कर्मचारी, नगरवासी लगायतले नगरसभाको सफलताको शुभकामना दिदै नगर विकासमा ध्यान केन्द्रित गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको थियो।
कार्यक्रममा नगर प्रमुख आफ्नो विकासका एजेण्डा सहितका प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो। । नगरपालिकाले आ.व.२०७७/०७८ को कुल करिव ४९ करोड ३ लाख ९५ हजार बराबरको बजेट तथा कार्यक्रमहरु पारित गरेको छ । “राजपुर नगरपालिकाको आधार पर्यटन, कृषिमा यान्त्रिकरण आर्थिक सम्मृद्धीको पूर्वाधार” भन्ने नारालाई आधार मानेर नगरपालिकाले बजेट पारित गरेको थियो ।नि .प्रमुख प्रसासकिय अधिकृत बैजु ठाकुरले नगरको बिकाश गर्न नगरपालिका लागि परेकाले समयमै नगर सभा गरिएको बताउनुभयो।


