गरुडा,१३ असार। रौतहटमा ‘हिट एण्ड रन’केस को घट्ना सार्वजनिक भएको छ । जिल्लाको वृन्दावन नगरपालिका ६ हर्षाका राम उदय सिंहकी ८ बर्षिय छोरी निभा कुमारीलाई एक पिक अप भ्यानले गत असार ८ गते दिउ“सो ३ ः१५ बजेको समयमा ठक्कर दिएर फरार रहेको भन्दै ईलाका प्रहरी कार्यालय गरुडामा उजुरी परेपछि घट्ना सार्वजनिक भएको हो । जिल्लाको गुजरा नगरपालिका ६ बेदौलीका भुषण सिंह राजपुतले आफ्नो भदैनी निभा कुमारीलाई लक डाउनको समयमा पिक अप भ्यानले ठक्कर दिएको भन्दै ट्राफिक प्रहरी कार्यालय गरुडामा कार्यरत प्र.स.नि राम नरेश दास र राजदेवी नपा ४ बसतपुरका ६० बर्षिय रबिन्द्र झालाई विपक्षी बनाएर केश फारम दर्ता गर्न निवेदन दर्ता गराएका छन् । निवेदक राजपुतले जिल्लाको दक्षिण तर्फ बाट उत्तरतर्फ आउ“दै गरेको नम्बर नखुलेको पिकअप भ्यानले हर्षाहा चौकमा आफ्नो भदैनीलाई ठक्करदिनु अघि गरुडामा प्र.स.नी दासले सोही सवारी रोकी अर्का विपक्षी झालाई उनको साईकल सहित उत्तरतर्फ पठाउने काम गरेको भएपनि गाडीको नम्बर समेत टिपोट नगरेर ट्राफिक प्रहरीको मर्यादा बिपरीत काम गरेको भन्दै उजुरी दिएका छन् ।
गरुडामा जडित सिसिटिभि क्यामेरामा समेत गाडीको नम्बर नखुेका कारण खोजी कार्यमा कठिनाई भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शैलेश न्यौपानेले बताउनुभयो । क्यामेरामा समेत नम्बर स्पष्ट नखुलेका कारण गाडी नम्बर पहिचानमा समस्या आएके बताउ“दै उहा“ले नजिकका जिल्ला सर्लाही,बारा लगायत प्रदेश २ भरीनै गाडीको खोजी कार्य जारी रहेको बताउनुभयो ।


