चन्द्रपुर २५ असार
लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रनिगनहपुर शाखाले १३ औं बार्षिक उत्सव मनाएको छ ।
विहिबार एक कार्यक्रमको आयोजना गरि बैंकले १३ औं बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा बैंकमा आउने पहिलो सेवाग्राही तथा एक जना बृद्धालाई खादा ओढाएर सम्मान गरीएको लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रपुर शाखाका प्रवन्धक सुवोध कोईरालाले जानकारी दिएका छन् ।
सो बैंकले बिगत लामो समय देखि चन्द्रपुर आसपासका सेवाग्रहीलाई बैकिंङ सेवा प्रदान गर्दै आएको छ ।

बैंक ले हाल मुद्दती खाता मा ९।५ प्रतिशत मासिक ब्याज तथा बचत खातामा ६ प्रतिशत ब्याज दिदै आएको शाखा प्रवन्धक कोईरालाले जानकारी दिएका छन् ।
कोईरालाले,बालबालिका लाई बचत गर्ने बानीको बिकास गर्न बैंकले बालबालिकाको खातामा ५ सय रूपैया बचत गरीदिने योजना ल्याएको बताए ।
बैंक को एटीएम कार्डले भिसा नेटवर्कको जुनसुकै बुथ बाट रकम नकाटि रकम निकाल्न एवं मोबाइल बैंकिङ सेवामानै कनेक्ट आइपिएस सेवा रहेको ले घरै बाट कारोवार गर्न सकिने शाखा प्रवन्धक कोईरालाको भनाइ छ ।
सो बार्षिक उत्सब समारोहमा बैंकका सम्पुर्ण कर्मचारी,सेवाग्राही तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।



