सिन्धुपाल्चोकमा बाढी बितन्डा

२५ असार
सिन्धुपाल्चोक ः सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीले दर्जनभन्दा बढी घर बगाएको छ । थुप्रै बेपत्ता भएको आशंका गरिएको छ र दुईजनाको शव फेला परेको छ।

बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घरहरु बगाएको हो। बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ।गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले अनपूर्ण अनलाइनलाई जानकारी दिइन्।

उनका अनुसार हालसम्म १८ जना बेपत्ता छन्।बाढीले अरनि राजमार्गको पुलसमेत बगाएको छ। उनका अनुसार हालसम्म जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको छ। थाकसेलमा पनि बाढीले बस्ती बगाएको छ । सोतागंमा पनि पहिरो गएको छ। बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति बेपत्ता भएको बताए। ‘मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु ।प्रहरी निरीक्षक न्यौपानेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles